
५ बैशाख सल्यान । सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य १८ जना घाइते भएका छन ।जिल्ला प्रहरी प्रमुख हेमबहादुर केसीले बनगाड कुपिण्डे नगरपालिकाको वडा नम्बर ८ थाराबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको जन्ती बोकेको जीप वडा नम्बर १० धाइरेमा दुर्घटनामा भएको बताउनु भयो ।
उहाका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । घाइतेमध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेहरुलाई नजिकको स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ ।