२२ कार्तिक २०८३, शनिबार
२२ कार्तिक २०८३, शनिबार
२०८३ सालमा १४५ दिन कार्यालय बन्द रहने
२०८३ सालमा १४५ दिन कार्यालय बन्द रहने
  • न्युज डेस्क

४ बैशाख काठमान्डौं । सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेपछि यो वर्ष ३६५ दिनमध्ये सबै बिदा कटाएर २२० दिन मात्रै कार्यालय खुल्ने भएको छ ।जसअनुसार सबैभन्दा थोरै ११ दिन कात्तिकमा र धेरै असारमा २४ दिन कार्यालय खुल्ने छ । वैशाखमा ३१ दिनमध्ये २१ दिन मात्रै कार्यालय खुल्नेछ भने जेठमा ३१ मध्ये २० दिन खुल्नेछ । वैशाखमा १० र जेठमा ११ दिन बिदा परेको छ ।

शनिबार ५२ दिन,आइतबार ५२ दिन र अन्य बिदा ४१ दिन गरेर कूल १४५ दिन मात्र कार्यालय बन्द हुनेछ ।३६५ दिनमध्ये सबै बिदा कटाएर २२० दिन मात्रै कार्यालय खुल्ने भएको छ ।असारका ३२ दिनमध्ये २४ दिन कार्यालय खुल्नेछ भने साउनमा ३१ मध्ये २१ दिन कार्यालय खुल्नेछ । ती महिनामा क्रमशः ८ र १० दिन बिदा परेको छ । भदौमा ३१ दिनमध्ये १० दिन बिदा परेकाले २१ दिन कार्यालय खुल्नेछ । असोजमा ३१ दिनमा ९ दिन बिदा परेकाले त्यो महिना २२ दिन कार्यालय खुल्ने अवस्था छ ।माघ, फागुन र चैतमा क्रमशः ९, १३ र ९ दिन बिदा तोकिएको छ । त्यसैले माघमा १९ दिन, फागुनमा १७ दिन र चैतमा २१ दिन कार्यालय खुल्ने अवस्था छ । तर, कात्तिकमा ३० दिनमध्ये १६ दिन बिदा हुने भएकाले १४ दिन मात्रै कार्यालय खुल्ने अवस्था छ । मंसिरको २९ दिनमध्ये ८ दिन बिदा, २१ दिन खुला र पुसका ३० दिनमा १२ दिन बिदा परेकाले १८ दिन मात्रै कार्यालय खुल्छ ।

  • ४ बैशाख २०८३, शुक्रबार प्रकाशित
  • Nabintech