
३ बैशाख बाँके । नगदे बालीको रूपमा बिक्री हुन थालेपछि बाँकेका किसान बसन्ते मकैखेतीतर्फ आकर्षित भएका छन् ।जिल्लाको राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका र नेपालगञ्जउपमहानगरपालिकाका किसानले अहिले धमाधम बसन्ते मकैखेती गर्न थालेको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी तथा वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिए ।
उनका अनुसार जिल्लामा अहिले ५६ हेक्टर क्षेत्रफलभन्दा बढी जमिनमा बसन्ते मकैखेती भइरहेको छ । राप्तीसोनारी गाउँपालिकामा साकार कृषि सहकारी संस्थामार्फत ४६ हेक्टर र खजुरामा खजुरा लिफ्ट सिँचाइ जल उपभोक्ता समूहमार्फत १० हेक्टरमा व्यावसायिक रूपमा बसन्ते मकैखेती भइरहेको छ । डुडुवा र नेपालगञ्जका किसानले पनि खेती सुरु गरेका छन् ।