
२८ चैत सुर्खेत । सुर्खेतमा जुवा खेलेको आरोपमा ६ जना पक्राउ परेका छन्।शनिबार दिउँसो ३ बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० बुदबुदेस्थित ललित केसीको घरबाट ६ जनालाई पक्राउ गरेको हो।उनीहरुको साथबाट १ लाख ४७ हजार ७९० रूपैयाँ नगद र १२ गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ।
नगद राखेर हारजीत हुने गरी जुवातास खेलाइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले शिशिर केसी, डिकेन्द्र थापा, करण गुरूङ, परशुराम सोती, ललित रेश्मी मगर र निर्मल न्यौपानेलाई पक्राउ गरेको हो।