
२४ चैत सुर्खेत । सुर्खेत प्रहरीले एक करोड बढी ठगी गरेको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ।पक्राउ परेका युवक दैलेखको भगवतीमाई गाउँपालिका–७ का २२ वर्षीय पवन विक रहेका छन ।
उनी मंगलबार दिउँसो सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ मा लुकिछिपी बसेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले बताए।विक विरूद्ध जैसरा थापाले ठगी मुद्दामा किटानी जाहेरी दिएकी थिइन्।विकले प्रहरी जवानको अन्तर्वार्ता तथा लिखित परीक्षामा उत्तीर्ण बनाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम असुलेको पाइएको डिएसपी बुढथापाले बताए।विक पछिल्लो समय वीरेन्द्रनगर नगरपालिका–१२ मा बस्दै आएका थिए।