
१५ चैत काठमाडौं । नेपाल कबड्डी लिग सिजन २ मा प्रतिस्पर्धा गर्ने ६ टोलीका मालिक सार्वजनिक गरेको छ ।एस्ट्रोनिक्स म्योनजेमन्टद्वारा शनिबार आयोजित कार्यक्रममा फ्रेन्चाइज टिमका मालिक सार्वजनिक गरिएको हो ।नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाको नेसनल इन्भेष्टमेन्ट होल्डिङले विराटनगरको टोली लिएको छ ।यो टोलीको नाम विराटनगर ब्यान्डिट्सबाट विराटनगर बाहुबली राखिएको छ ।
पहिलो संस्करणको च्याम्पियन जनकपुर नाइट्सको स्वामित्व नेको इन्स्योरेन्स लिमिटेडमा यथावत छ ।उपविजेता काठमाडौं माभरिक्सको स्वामित्व काठमाडौं माभरिक्समा पुगेको छ । त्यस्तै, फेवा कन्स्ट्रक्सनले पोखरा लेकर्स लिएको छ भने मोराई कर्पोरेसनले बुटवल बुल्सको स्वामित्व लिएको छ ।यससँगै हिमालयन रेइडर्सको रुपमा पहिलो संस्करणमा प्रतिस्पर्धा गरेको बुटवलको टोलीको नाम बुटवल बुल्स बनेको छ सुदूरपश्चिमको प्रतिनिधि टोली धनगढी वाइल्डक्याट्स भएको छ ।