२२ कार्तिक २०८३, शनिबार
२२ कार्तिक २०८३, शनिबार
घुस लिएको आरोपमा चौरजहारीका मेयर र इन्जिनियर विरुद्ध मुद्दा दायर
घुस लिएको आरोपमा चौरजहारीका मेयर र इन्जिनियर विरुद्ध मुद्दा दायर
  • न्युज डेस्क

३ चैत रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करार सेवा नवीकरणको लागि घुस लिएको र दिएको आरोपमा आज मेयर वादी र असिस्टेन्ट सब–इन्जिनियर शाहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।नगर प्रमुख वादीले आर्थिक वर्ष २०७९-०८० मा करार म्याद थप गरिदिने सर्तमा मोहन शाहसँग १ लाख घुस लिएको मुद्दामा उल्लेख छ ।

शाहले २०८० साउन ८ गते वादीको बैङ्क खातामा उक्त रकम जम्मा गरेको प्रमाणसमेत पेस भएको जनाइएको छ ।आयोगका अनुसार घुस रकम दिएपछि शाहको असिस्टेन्ट सब–इन्जिनियर पदमा करार म्याद थप गरिएको थियो। तर पुनः आर्थिक वर्ष २०८-र०८३ का लागि नवीकरण गर्न थप रकम मागिएको र उपलब्ध गराउन नसकेपछि शाहलाई सेवाबाट हटाइएको उजुरीमा उल्लेख छ ।अनुसन्धानबाट नगर प्रमुख वादीले आफ्नो पदको दुरुपयोग गर्दै सेवामा निरन्तरता दिलाइदिने नाममा घुस लिएको पुष्टि भएको आयोगको दाबी छ । उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर लगाइएको छ ।

  • ३ चैत्र २०८२, मंगलवार प्रकाशित
  • Nabintech