२३ कार्तिक २०८३, आईतवार
२३ कार्तिक २०८३, आईतवार
यी हुन एमाले समानुपातिक सांसद
यी हुन एमाले समानुपातिक सांसद
  • न्युज डेस्क

३० फागनु काठमान्डौं । नेकपा एमालेले समानुपातिक सांसदको टुंग्याएको छ । शनिबार भक्तपुरको गुण्डुमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुंगो लगाएको हो ।समानुपातिक सांसदका लागि बन्दसूचीमा रहेका नामहरूमध्येबाट १६ जनाको नाम सिफारिस गरेको हो । पार्टी सचिवालय बैठकका अनुसार उपाध्यक्ष रामबहादुर थापा मगरदेखि निता घताती लगायतको नाम समेटिएका छन्

उपमहासचिव लेखराज भट्टका अनुसार आदिवासीरजनजाति क्लस्टरका ४ जनामध्ये महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठको नाम पठाइएको छ भने पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्य रहेका छन् ।त्यस्तै, ५ जना खस–आर्य क्लस्टरमा ३ महिला र २ पुरुष छन् । महिलातर्फ पद्मा अर्याल, टुकाभद्र हमाल र यशोदा कुमारी बराल रहेका छन् भने पुरुषतर्फ गुरुप्रसाद बराल र पुष्पराज कँडेल छन् ।थारू क्लस्टरबाट कृपाराम राना छन् । दलित क्लस्टरमा विष्णुमाया विक र निता घतातीको नाम सिफारिस गरिएको छ । मधेशी क्लस्टरबाट रिङ्ला यादव, यशोदा कुमारी र चण्डेश्वर मण्डल छन् भने मुस्लिमतर्फ साजिदा सिद्दिकीको नाम सिफारिस गरिएको छ ।

  • ३० फाल्गुन २०८२, शनिबार प्रकाशित
  • Nabintech