२३ कार्तिक २०८३, आईतवार
२३ कार्तिक २०८३, आईतवार
सीआईबीको टोली सुर्खेतमा
सीआईबीको टोली सुर्खेतमा
  • न्युज डेस्क

२८ फागुन सुर्खेत। सुर्खेतमा बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको घटनाबारे थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोली सुर्खेत पुगेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान जिल्लाबाटै पूरा भएको बताउँदै घटनाको थप तथ्य पत्ता लगाउन सीआइबीको सहयोग लिएको हो।प्रहरी निरीक्षकको कमान्डमा रहेको ब्युरोको विज्ञ टोली बिहीबार वीरेन्द्रनगर आइपुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए।उनका अनुसार घटनासँग सम्बन्धित मोबाइलसहितका विभिन्न विद्युतीय सामग्री अनुसन्धानका लागि प्रयोगशालामा पठाइएको छ।प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्ट, पोलिग्राफ परीक्षण, कल डिटेल्स र अन्य विद्युतीय प्रमाणका आधारमा अनुसन्धान भइरहेको छ। सबै रिपोर्ट आएपछि घटनाबारे अन्तिम निष्कर्षमा पुग्ने प्रहरीले जनाएको छ।यता, मृतक किशोरीका बुबा इन्द्रबहादुर विक नेपाली सेनाबाट अवकाश पाएपछि ६ वर्षदेखि दुबई प्रहरीमा कार्यरत छन् ।उनी घटेपछि हिजोसाझ मात्रै वीरेन्द्रनगर पुगेका छन् ।अनुसन्धानका लागि एक जनालाई घटनास्थलबाटै र आइतबार थप तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका तीनै जना नाबालक १८ वर्षमुनिका हुन् । फोटो नेपाल प्रेसबाट साभार

 

  • २८ फाल्गुन २०८२, बिहीबार प्रकाशित
  • Nabintech