२३ कार्तिक २०८३, आईतवार
२३ कार्तिक २०८३, आईतवार
टी २० विश्वकपको उपाधि भारतलाई
टी २० विश्वकपको उपाधि भारतलाई
  • न्युज डेस्क

AHMEDABAD, INDIA - MARCH 08: Suryakumar Yadav of India lifts the trophy after victory in the ICC Men's T20 World Cup India & Sri Lanka 2026 Final between India and New Zealand at Narendra Modi Stadium on March 08, 2026 in Ahmedabad, India. (Photo by Matthew Lewis-ICC/ICC via Getty Images)

२५ फागुन काठमान्डौं । भारतले आईसीसी टी २० विश्वकप २०२६ को उपाधि जितेको छ। आइतबार भएको फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै भारतले लगातार दोस्रोपटक अनि समग्रमा तेस्रोपटक विश्वकपको उपाधि जितेको हो ।भारतले सन् २००७ मा पहिलो संस्करणको उपाधि जितेको थियो भने त्यसको १७ वर्षपछि गत संस्करणको २०२४ विश्वकप जितेको थियो । लगातार दोस्रो उपाधि जित्दै उपाधि रक्षा समेत गरेको हो ।भारत लगातार दोस्रो अनि तेस्रोपटक उपाधि जित्ने एक्लो टोली हो । न्युजिल्यान्ड भने ५ वर्षपछि फाइनल खेल्दा फेरि उपविजेतामै सीमित भएको छ ।

यसअघि सन् २०२१ मा अस्ट्रेलियासँग फाइनलमा पराजित भएको थियो ।अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेलमा भारत ९६ रनले विजयी भयो । भारतले दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभरमा १५९ रनमा अलआउट भयो ।

  • २५ फाल्गुन २०८२, सोमबार प्रकाशित
  • Nabintech