२२ कार्तिक २०८३, शनिबार
२२ कार्तिक २०८३, शनिबार
जाजरकोटमा ५७.५८ प्रतिशत मतदान, कुल ६१ हजार ६६७ मत खस्यो
जाजरकोटमा ५७.५८ प्रतिशत मतदान, कुल ६१ हजार ६६७ मत खस्यो
  • paschimpatra

जाजरकोट । जाजरकोट जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा सम्पन्न मतदानमा कुल ५७.५८ प्रतिशत मत खसेको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा रहेका १ लाख ७ हजार ९१ मतदातामध्ये ६१ हजार ६६७ मत खसेको हो।

खसेको मतमध्ये ३१ हजार ६८४ महिला, २९ हजार ९८१ पुरुष र २ जना अन्य मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन्।

जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको प्रशासनले जनाएको छ। सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको थियो। निर्वाचनमा मतदाताको सहभागिता उल्लेख्य रहेको निर्वाचन कार्यालयले जनाएको छ।

  • २१ फाल्गुन २०८२, बिहीबार प्रकाशित
  • Nabintech