३ फाल्गुन २०८२, आईतवार
३ फाल्गुन २०८२, आईतवार
टी २० विश्वकपः वेस्ट इन्डिज बाट हारे संगै नेपाल प्रतियोगीताबाट बाहिरियो
टी २० विश्वकपः वेस्ट इन्डिज बाट हारे संगै नेपाल प्रतियोगीताबाट बाहिरियो
  • न्युज डेस्क

२ फागुन काठमाडौं । भारत र श्रीलंकामा जारी टी–२० विश्वकप अन्तर्गत वेस्ट इन्डिज सुपर एटमा प्रवेश गरेको छ ।भर्खरै सम्पन्न खेलमा नेपाललाई ९ विकेटले हराउँदै लगातार तीन जितसहित वेस्ट इन्डिजले समूह ‘सी’बाट ६ अंकसहित एक खेल अगावै सुपर एटको टिकट काटेको हो । यता, लगातार तीन हार ब्यहोरेको नेपाल भने एक खेल अगावै सुपर एट दौडबाट बाहिरिएको छ ।नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा इटालीसँग १० विकेटको हार ब्यहोरेको थियो । वेस्ट इन्डिजले पहिलो खेलमा स्कटल्यान्डलाई ३५ रनले हराएको थियो भने इंग्ल्यान्डमाथि ३० रनको जित निकालेको थियो ।

१३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा ९ विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान शाइ होपले अर्धशतकीय इनिङ्स खेले । उनी ४४ बलमा ६१ रनसहित अविजित रहे । यस्तै, शिमरोन हेटमायर ४६ रनमा अविजित रहँदा ब्रान्डन किङले २२ रनको योगदान दिए ।बलिङतर्फ नेपालको एकमात्र विकेट नन्दन यादवले लिए ।त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन जोड्यो ।

 

  • ३ फाल्गुन २०८२, आईतवार प्रकाशित
  • Nabintech