
२९ माघ काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो । पहिलो खेलमा दुई पटकको विश्वविजेता इंग्ल्यान्डलाई दबाबमा राख्दै झिनो रनमा चुकेको नेपालले आज भने बिर्सन लायक खेल्यो ।
नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य इटालीले १२.४ ओभरमा विकेट नगुमाई भेट्टायो । इटालीको सहज जितमा जस्टिन मोस्का र एन्थोनी मोस्काले सानदार साझेदारी गरे ।त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भयो ।यसअघिको खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले तथा इटाली स्कटल्यान्डसँग ७३ रनले पराजित भएका थिए । लगातार दोस्रो हारसँगै नेपालको ‘सुपर एट’को सम्भावना कठिन बनेको छ ।