
२८ माघ काठमाडौं । क्यानडाको एक विद्यालयमा गोली चल्दा १० जनाको मृत्यु भएको छ ।ब्रिटिस कोलम्बिया प्रान्तको एउटा माध्यमिक विद्यालयमा सामूहिक गोलीकाण्डमा संदिग्ध आक्रमणकारीसहित कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।रोयल क्यानेडियन माउन्टेड प्रहरी आरसीएमपीका अनुसार गोली चलाउने व्यक्ति महिला हुन् ।
उनले आफैँलाई पनि गोली हानी हत्या गरेकी छिन् ।मृत्यु हुनेमा नाबालिक पनि हुन सक्ने प्रहरी अनुमान छ ।गोली काण्डमा दुईजना गम्भीर घाइते भएका छन् । उनीहरूलाई हेलिकप्टरमार्फत अस्पताल लगिएको छ ।विद्यालयका बाँकी विद्यार्थी र कर्मचारीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ ।प्रहरीले पीडितहरूको उमेर र आक्रमणमा प्रयोग भएका हतियारबारे गोपनीयताका कारण अहिले केही खुलाएको छैन ।