
२२ माघ काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबार आगजनी गरेको भिडिओ आफैंले अपलोड गर्ने एकजना व्यक्तिलाई प्रहरीले ५ महिनापछि पक्राउ गरेको छ ।पक्राउ परेका गौतम चितवन खैरहनी नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनामनगरका बसोबास गर्छन् ।
सिंहदरबारमा आगजनी गरेर फर्किएको भन्दै सगर्व बोलेका चितवनका महेन्द्र गौतमलाई सबै प्रमाणका आधारमा पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले बताउनु भयो ।