२२ माघ २०८२, बुधबार
२२ माघ २०८२, बुधबार
ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र
ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र
  • न्युज डेस्क

१९ माघ बाँके । बाँकेमा ठेकेदार कम्पनीको लापरबाहीले तीन स्थानीय तहका निर्माणाधीन प्रशासनिक भवन अलपत्र परेका छन् ।निर्माण गर्ने समयावधि सकिएको एक वर्ष बितिसक्दा पनि कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकाका प्रशासनिक भवन निर्माण सम्पन्न हुन सकेका छैनन् ।

ठेकेदारले काम नगरे पनि स्थानीय तहले म्याद थप्दै जाने प्रवृत्तिले प्रशासनिक भवन झनै अलपत्र परेका हुन् ।कोहलपुर नगरपालिकाले विसं २०७९ असारमा २०८१ पुस मसान्तसम्ममा सम्पन्न गर्ने गरी १५ करोड ३८ लाख रुपैयाँमा भवन निर्माण गर्ने जिम्मा एशोसिएट रञ्जितकार जया भवानी जेभीलाई दिएको थियो । तर म्याद सकिएको एक वर्ष बित्दा पनि भवन निर्माण सम्पन्न भएको छैन ।ठेकेदारले दिएको निवेदनअनुसार म्याद थप गरे पनि सन्तोषजनक रूपमा काम अगाडि बढ्न नसकेको कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले बताए ।विसं २०७९ मा निर्माण पूरा गर्नुपर्ने जानकी गाउँपालिकाको प्रशासनिक भवन पनि उस्तै छ ।

  • २० माघ २०८२, सोमबार प्रकाशित
  • Nabintech