२२ माघ २०८२, बुधबार
२२ माघ २०८२, बुधबार
फरक पार्टीका युवाहरू पनि कांग्रेस उम्मेदवारको पक्षमा छन् : रामछाया शाही
फरक पार्टीका युवाहरू पनि कांग्रेस उम्मेदवारको पक्षमा छन् : रामछाया शाही
  • paschimpatra

जाजरकोट । नेपाली कांग्रेस कर्णाली प्रदेशकी सहमहामन्त्री रामछाया कुमारी शाहीले कांग्रेसले परिवर्तनको चाहनासहित समानुपातिकतर्फ हजारी नेपालीलाई उम्मेदवार बनाएको बताएकी छन्। आइतबार नलगाड नगर कार्यसमितिले आयोजना गरेको चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले कांग्रेसले परिवर्तन, युवा, दलित, अल्पसंख्यक समुदाय तथा महिलाको समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिएको बताइन्।

उनले लामो समयदेखि राजनीतिमा सक्रिय रहेकाहरू भए पनि कांग्रेसले नयाँ सोच र परिवर्तन खोजेर उम्मेदवार चयन गरेको उल्लेख गरिन्। सहमहामन्त्री शाहीले कांग्रेसको यो कदमप्रति जनसमर्थन बढ्दै गएको दाबी गरिन्।

फरक–फरक पार्टीमा आबद्ध युवाहरूले समेत कांग्रेसका उम्मेदवार खडकबहादुर बुढालाई समर्थन गरिरहेको उनको भनाइ छ। ‘जनताहरू कांग्रेसलाई नै मत दिन आतुर छन्।,’ शाहीले भनिन्। उनले कांग्रेसप्रति बढ्दो आकर्षणले आगामी निर्वाचनमा पार्टीको जित सुनिश्चित हुने विश्वास व्यक्त गरिन्।

  • १९ माघ २०८२, आईतवार प्रकाशित
  • Nabintech