
१० माघ काठमाडौं । निर्देशक मनोज पण्डितले चलचित्र ‘ग्रेट’को छायांकन सुरु गरेका छन् । श्रीपञ्चमीको अवसर पारेर पर्वतको ऐतिहासिक एवं पर्यटकीयस्थल महाशिलामा चलचित्रको शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो ।युधिष्ठिर सरस्वती क्रिएसनको ब्यानरमा बन्ने यस चलचित्रको छायांकन पैयुँ क्षेत्रबाट सुरु भएको छ ।
चलचित्रको मुख्य भूमिकामा नायिका शोभिता सिम्खडा छिन् । उनले यसै चलचित्रमार्फत लामो समयपछि रजतपटमा कमब्याक गर्नेछिन् ।चलचित्रमा शोभितासँगै विशाल पोखरेल, देवेन्द्र नेपाल, अग्रिम पण्डित, रिस्ता बस्नेत, दीपक भट्टराई र टंक चौलागाईंलगायतको अभिनय रहनेछ । मनोज पण्डित पनि विशेष भूमिकामा देखिनेछन् ।