१० माघ २०८२, शुक्रबार
१० माघ २०८२, शुक्रबार
बाबुराम भट्टराई निर्वाचन नलडने
बाबुराम भट्टराई निर्वाचन नलडने
  • न्युज डेस्क

९ माघ  काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आगामी दिनमा देशले चाहेको राजनीतिक दल र समूह, व्यक्तिहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।गोरखा २ मा दिएको उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै सबैको आग्रह बमोजिम बाहिर रहेर नै दलहरूलाई सघाउने बताउनु भएको हो ।

आगामी दिनमा म आफू निरन्तर जनताको सेवामा लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले थपेका छन्, ‘म निरन्तर देशको अग्रगमनको पक्षमा, समृद्धिको पक्षमा, राष्ट्रिय स्वाधीनताको रक्षाको पक्षमा र खासगरी आगामी दिनमा जुन हामीले हिजोदेखि कायम, यो लागू गर्न नसकेको बृहत् शान्ति सम्झौतालाई कार्यान्वयन गर्ने कुरा छ, अहिले जेनजी विद्रोहपछि जेनजी समूहसँग राज्यले गरेको सम्झौता छ, यिनीहरूको कार्यान्वयन गर्नको निम्ति मैले आफ्नो तर्फबाट साथ सहयोग गर्ने नै छु ।

  • १० माघ २०८२, शुक्रबार प्रकाशित
  • Nabintech