१० माघ २०८२, शुक्रबार
१० माघ २०८२, शुक्रबार
प्रतिनिधि सभा निर्वाचनका लागि जाजरकोटमा कांग्रेसबाट युवा नेता खडक बहादुर बुढा उम्मेदवार
प्रतिनिधि सभा निर्वाचनका लागि जाजरकोटमा कांग्रेसबाट युवा नेता खडक बहादुर बुढा उम्मेदवार
  • पवन शर्मा

जाजरकोट । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस केन्द्रीय समितिले जाजरकोटबाट युवा तथा भिजन भएका नेता खडक बहादुर बुढालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ।

कांग्रेस केन्द्रको निर्णयअनुसार बुढालाई प्रत्यक्षतर्फ उम्मेदवार तोकिएको हो। पार्टीले जाजरकोटमा संगठन मजबुत बनाउँदै विकास, रोजगारी र सुशासनलाई मुख्य एजेन्डा बनाएर चुनावी मैदानमा उतार्ने तयारी गरेको जनाएको छ।

युवा पुस्ताको प्रतिनिधित्व गर्ने बुढा पार्टीभित्र ऊर्जाशील, स्पष्ट दृष्टिकोण (भिजन) भएका र जनतासँग नजिक नेता मानिन्छन्।

कांग्रेसले जाजरकोटमा विजय सुनिश्चित गर्न घरदैलो र जनसम्पर्क अभियानलाई तीव्र बनाउने तयारीसमेत गरेको छ।

  • ६ माघ २०८२, सोमबार प्रकाशित
  • Nabintech