
जाजरकाेट । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि जाजरकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत जाजरकोटमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण तथा व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यसहित उक्त कार्यालय स्थापना गरिएको हो।