२३ कार्तिक २०८३, आईतवार
२३ कार्तिक २०८३, आईतवार
कतारी अमिरले जेलमा रहेकामध्ये १३ जना नेपालीलाई आममाफी
कतारी अमिरले जेलमा रहेकामध्ये १३ जना नेपालीलाई आममाफी
  • न्युज डेस्क

१७ पुस काठमान्डौं । कतारी अमिरले जेलमा रहेकामध्ये १३ जना नेपालीलाई आममाफी दिएको छ ।कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आममाफी दिएको हो ।

यसप्रति नेपालले कतारप्रति कृतज्ञता व्यक्त गरेको छ ।परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मानवीय आधारमा प्रदान गरिएको आममाफीलाई नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्धमा गहिरिँदै गएको मित्रता र सौहार्दताको प्रतीकका रूपमा मूल्यांकन गरिएको उल्लेख छ ।मन्त्रालयले यस्तो मानवीय कदमले दुई देशबीचको आपसी विश्वास र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।

  • १७ पुष २०८२, बिहीबार प्रकाशित
  • Nabintech