१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार
आइसिसी टि. २० विश्वकपको ट्रफी नेपालमा जनवरी पहिलो साता ‘टुर’ गराइने
आइसिसी टि. २० विश्वकपको ट्रफी नेपालमा जनवरी पहिलो साता ‘टुर’ गराइने
  • न्युज डेस्क

१६ पुस काठमाडौं । भारत र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना हुने आइसिसी पुरुष टि–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा पनि हुने भएको छ ।आगामी आगामी फेब्रुअरी ७ तारिखदेखि सञ्चालन हुने विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी जनवरी ५ देखि ७ तारिखसम्म नेपालमा हुने तय भएको नेपाल क्रिकेट सङ्घ क्यान द्वारा आज जारी विज्ञप्तिमा जनाएको छ ।

विज्ञप्तिमा उक्त ट्रफी टुर कार्यक्रमको विस्तृत विवरण, तालिका, स्थान तथा विभिन्न गतिविधिहरूको जानकारी भने अर्को प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने जनाएको छ । टि २० विश्वकपको ट्रफी पहिलोपटक नेपाल ल्याउन लागिएको हो ।

  • १६ पुष २०८२, बुधबार प्रकाशित
  • Nabintech