१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार
पहिले दाइको पालो, अहिले भाइको पालो
पहिले दाइको पालो, अहिले भाइको पालो
  • न्युज डेस्क

१५ पुस काठमान्डौं । पुराना दलहरुलाई आरोप लगाउदै आएका नयाँ दलमा पनि उहि शैली देखिएको छ । रास्वपाले समानुपातिक उम्मेदवारको सूचिमा पहिले दाइलाई यसपाली भाईलाई समाबेश गरेको छ ।आशिफ मुस्लिम कलस्टरको पहिलो नम्बरमा छन् । उनी कपिलवस्तुबाट सिफारिस भएका छन् ।स्मरण रहोस्– आशिफ रास्वपाका पूर्वसांसद अशिम शाहका भाइ हुन् ।

०७९ को निर्वाचनमा उनी मुस्लिम कलस्टरबाटै रास्वपाको समानुपातिक उम्मेदवार बनेका थिए ।पहिलो निर्वाचनमा ‘दाइ’ र पछिल्लो निर्वाचनमा ‘भाइ’ सामानुपातिक उम्मेदवार सिफारिस हुँदा रास्वपामा परिवारवाद हाबी भएको पुष्टि भएको छ।अशिम तिनै व्यक्ति हुन्– जसको घरमा बालेन्द्र शाह र रविबीच पार्टी प्रवेशको पहिलो छलफल चलेको थियो । कमलपोखरीस्थित घरमा अघिल्लो आइतबार र सोमबार रात्रिकालिन छलफल गरिएको थियो ।रविका निकट र विश्वास पात्र हुन्– अशिम । दुई निर्वाचनमा एकै घरका व्यक्ति समानुपातिकमा सिफारिस हुनु रास्वपाले व्याख्या गरेको कुरासँग मेल खाँदैन ।अशिफको उम्मेदवारी समानुपातिक सांसदका लागि निर्धारित व्यवस्थाको मर्मसँग मिल्दैन । एलिट वर्गलाई संसद्मा पुर्‍याउन समानुपातिकको व्यवस्थाको दुरुपयोग भएको सभापति लामिछाने नै बारम्बर किटान गर्दै आएका छन् ।फेरि उनकै दलबाट एलिट वर्गमा पर्ने आशिफ समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन् ।

  • १५ पुष २०८२, मंगलवार प्रकाशित
  • Nabintech