१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार
नेपालगन्ज भन्सार पाँच महिनामै ७ अर्ब ६५ करोड बढी राजस्व सङ्कलन
नेपालगन्ज भन्सार पाँच महिनामै ७ अर्ब ६५ करोड बढी राजस्व सङ्कलन
  • न्युज डेस्क

१५ पुस बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो पाँच महिनामा सात अर्ब ६५ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

चालु आवको पाँच महिनामा सात अर्ब ६५ करोड १९ लाख ९० हजार राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिइन्। उनका अनुसार नेपालगन्ज भन्सारले चालु आवको हालसम्म कुनै पनि महिनामा निर्धारित मासिक लक्ष्य हासिल गर्न सकेको छैन । चालु आवको साउनमा एक अर्ब ८६ करोड ६५ लाख ४६ हजार लक्ष्य रहेकामा ७४.१४ प्रतिशत एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार, भदौमा रुएक अर्ब ९३ लाख ६४ हजार ५४ लक्ष्य रहेकामा ६९.७७ प्रतिशत एक अर्ब ३५ करोड १० लाख नौ हजार राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी, असोजमा एक अर्ब ९८ करोड ३१ लाख ३० लक्ष्य रहेकामा ८७.८३ प्रतिशत एक अर्ब ७४ करोड १६ लाख ५ हजार, कात्तिकमा दुई अर्ब १२ करोड ६१ लाख ३० हजार लक्ष्य रहेकामा ७२.३० प्रतिशत एक अर्ब ५३ करोड ७० लाख ८२ हजार र मङ्सिरमा एक अर्ब ९६ करोड ३६ लाख १४ हजार लक्ष्य रहेकामा ८३.४५ प्रतिशत एक अर्ब ६३ करोड ८५ लाख १० हजार राजस्व सङ्कलन भएको छ ।कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आव २०८१-८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौमा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत र मङ्सिरमा ७६.२७ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।

  • १५ पुष २०८२, मंगलवार प्रकाशित
  • Nabintech