१४ पुष २०८२, सोमबार
१४ पुष २०८२, सोमबार
कुलमान घिसिङलाई रास्वपा को उपसभापति बनाउने सहमति
कुलमान घिसिङलाई रास्वपा को उपसभापति बनाउने सहमति
  • न्युज डेस्क

१४ पुस काठमान्डौं । कुलमान घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को उपसभापति बनाउने सहमति भएको छ। यही सहमति अनुसार अन्तत रवि लामिछाने, बालेन र कुलमान आगामी निर्वाचनका लागि एक ठाउँमा उभिने भएका छन्।बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति यसअघि नै भइसकेको छ।

बालेन र रास्वपा सभापति रविबीच आइतबार उक्त सहमति हुँदा कुलमान त्यसमा सहभागी थिएनन्।त्यसयता उनीहरू दुई जनाले पटक पटक कुलमानसँग वार्ता गरी सहमतिमा पुगेका हुन्।सोमबार कुलमान र रविबीच भएको भेटवार्तापछि दुवै एउटै दलबाट समानुपातिक तर्फको बन्द सूची बुझाएर अघि बढ्न सहमत भएका हुन्।रास्वपाका उपसभापति डिपी अर्यालले तीन जना मिलेर जाने सहमति भएको जानकरी दिनु भयो ।

  • १४ पुष २०८२, सोमबार प्रकाशित
  • Nabintech