
xr:d:DAF63eQqZp0:3,j:4283339814096127817,t:24012505
९ पुस मुगु । मुगुमा फैलिएको भाइरल ज्वरोको प्रकोपले ५ जनाको मृत्यु भएको छ ।गाउमा फैलिएको भाइरल ज्वरोको प्रकोपले १७ दिनको अवधिमा एउटै वडाका ५ जनाको ज्यान गएको हो ।राराछायाँनाथ १२ बामगाउँका ५ जनाको मृत्यु भइसकेको छ । मृतकमध्ये शिशु र साना बालबालिका छन् । अस्पतालमा बिरामीको चापले स्थिति नियन्त्रणबाहिर गएको भन्दै युवाहरुले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा गौतमसमक्ष २४ घण्टाभित्र विशेषज्ञ चिकित्सक टोली पठाउन माग गरेका छन् ।
मुगु जिल्ला अस्पतालमा दैनिक २०० भन्दा बढी इन्फ्लुएन्जा सम्बन्धी बिरामी उपचारका लागि पुगिरहेका छन् । तर अस्पतालमा जम्मा ५० शय्या छन् । लामो समयदेखि एक्स(रे मेसिन बिग्रिएको छ । आवश्यक औषधि र मेडिकल उपकरणको अभाव छ । अक्सिजन प्लान्टसमेत सञ्चालनमा छैन ।