११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार
जेन जी आन्दोलनमा जेलबाट भागेर साथीको हत्या गर्ने युवा रोल्पामा पक्राउ
जेन जी आन्दोलनमा जेलबाट भागेर साथीको हत्या गर्ने युवा रोल्पामा पक्राउ
  • न्युज डेस्क

९ पुस रोल्पा । जेन जी आन्दोलनको मौका छोपेर नख्खु जेलबाट भागी ठमेलमा युवकको हत्या गरेका आकाश मगर रोल्पामा पक्राउ परेको प्रहरीले जनाएको छ ।रोल्पा प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर सुनिल थापा नेपालीका अनुसार उनी गत असोज १३ गते मकवानपुरका २५ वर्षीय सुरज तामाङलाई ठमेलमा खुकुरी हानेर फरार भएका थिए ।

सुरजको उपचारको क्रममा वीर अस्पतालमा भोलिपल्ट मृत्यु भएको थियो ।आकाश लागु औषध मुद्दामा २०८० असोज २७ देखि नख्खु कारागारमा थिए । जेनजी आन्दोलनको क्रममा भदौ २४ मा नख्खुसहित देशभरको कारागारमा आगजनी र हुलदंगा गरी कैदीबन्दी भगाइएको थियो । सोक्रममा उनी भागेका थिए ।

  • ९ पुष २०८२, बुधबार प्रकाशित
  • Nabintech