
९ पुस जाजरकोट । जाजरकोटका एक विद्यालयका विद्यार्थिले शिक्षकलाई कुटपिट गरेका छन । जाजरकोटको जुनीचाँदे गाउँपालिका–१० को श्री मावि सिर्पचौरका विद्यार्थिहरुले उक्त विद्यालयका शिक्षक वीरबहादुर बस्नेतमाथि कुटपिट गरेको भिडिओ पछिल्लो पटक भाइरल भएको छ ।जिल्ला प्रहरी कार्यालयका जाजरकोटका प्रहरी निरीक्षक, सूचना अधिकारी सुधीर कुमार खड्काका अनुसार यो भिडिओ गएको शुक्रबारको भएको बताउनु भएको छ ।
भिडियोमा विद्यार्थिहरुले शिक्षक वीरबहादुर वस्नेतलाई कुटदै गरेको देखिन्छ ।दुई दर्जनभन्दा धेरै विद्यार्थीहरूले शिक्षक बस्नेतमाथि कुटपिट गरेर घाइते बनाएका छन् । विद्यार्थीहरूले विद्यालयको प्राङ्गणबाट कुटपिट र धकेल्दै बाहिर निकालेका थिए । कतिपयले विद्यार्थीले शिक्षकमाथि कुटपिट गर्नुका पछाडि शुक्रबार विद्यालयमा दौड प्रतियोगिता गरिएको र शिक्षक बस्नेतले पक्षपात गरेको भन्दै विद्यार्थीले कुटपिट गरेको बताएका छन् ।
प्रहरीका अनुसार सरले नै पहिला विद्यार्थीलाई हातपात गर्नुभएको रहेछ, विद्यार्थीको कपाल लामो भयो, मुन्द्रा लाएको भन्दै त्यस्तो गर्नु भएको भन्ने बुझिएको छ,’ प्रहरी निरीक्षक खड्काले भने, ‘त्यसपछि विद्यार्थीले हामीमाथि यस्तो गर्ने भनेर कुटपिट गरेको रहेछ ।’घाइते शिक्षकले उजुरी ल्याएर स्थानीय प्रहरी चौकीमा पुगेको र प्रहरीले विद्यालय व्यवस्थापनलाई नै मिलाउने गरी पठाइएको प्रहरीले जनाएको छ ।