
२१ मंसीर काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन दिनु भएको छ ।प्रधानमन्त्री कार्कीले आज सामाजिक सञ्जाल फेसबुक मार्फत घटनाको वास्तविकता छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिएको जानकारी गराउनु भएको हो ।
प्रधानमन्त्री कार्कीले बर्दियाको बढैयाताल–४, दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि सङ्घर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको र त्यसको एक महिनामै उहाँका ६१ वर्षीय बाबुले समेत ज्यान गुमाएको घटनाले मर्माहत बनाएको जनाउनु भएको छ ।