१६ मंसिर २०८२, सोमबार
१६ मंसिर २०८२, सोमबार
‘परान’ले उठायो १६ करोड
‘परान’ले उठायो १६ करोड
  • न्युज डेस्क

१५ मंसीर काठमाडौं । चलचित्र ‘परान’ले आक्रामक ग्रसकलेक्सनलाई कायम राखेको छ । परानले शनिबार रातिसम्म १६ करोड १६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।पछिल्लो एक सातामा यो चलचित्रले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । अघिल्लो शनिबार यो चलचित्रको कलेक्सन १४ करोड १६ लाख रुपैयाँ थियो ।कात्तिक १४ गतेबाट प्रदर्शनमा आएको ‘परान’मा नीर शाह, महेश त्रिपाठी, केकी अधिकारी, प्रवीण खतिवडा, अञ्जना बराइलीलगायत कलाकारको अभिनय छ । दीपक आचार्यको लेखन तथा निर्देशन छ ।

चलचित्र ‘जारी–२’ले ६ करोड १९ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । अघिल्लो साता यो कलेक्सनको तथ्यांक पाँच करोड ५९ लाख रहेको चलचित्र विकास बोर्डको तथ्यांकमा उल्लेख छ ।कात्तिक २१ गते रिलिज भएको चलचित्रमा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन छ । दयाहाङ राई, मिरुना मगर र विजय बराल मुख्य भूमिकामा छन् ।चलचित्र ‘मन बिनाको धन’ले तीन करोड ७४ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । अशोक दर्जीको मुख्य भूमिका रहेको चलचित्रलाई टंक बुढाथोकीले निर्देशन गरेका छन् ।अनमोल केसीको मुख्य भूमिका रहेको ‘जेरी अन टप’ले १२ करोड २३ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । सुयोग गुरुङले निर्देशन गरेको चलचित्रमा अनमोलसँगै भूवन केसी, आँचल शर्मा, जसिता गुरुङ र केदार घिमिरे मुख्य भूमिकामा छन् ।

  • १६ मंसिर २०८२, सोमबार प्रकाशित
  • Nabintech