
१५ मंसिर, काठमाडौं । मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवाको सोमबार मध्यान्ह निधन भएको हो ।आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।