१२ मंसिर २०८२, बिहीबार
१२ मंसिर २०८२, बिहीबार
बालेन, कुलमान र सुदन गुरूङलाई पक्राउ गरेर छानबिन गर्नुपर्छ : महेश बस्नेत
बालेन, कुलमान र सुदन गुरूङलाई पक्राउ गरेर छानबिन गर्नुपर्छ : महेश बस्नेत
  • न्युज डेस्क

१० मंसीर कैलाली । नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले ऊर्जा मन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, जेनजी अगुवा सुदन गुरूङलाई पक्राउ गर्न माग गर्नु भएको छ ।

कैलालीको धनगढीमा जेनवी र युवा संघका कार्यकर्ताबीच तनाब भएपछि उहाले मन्त्री घिमिङ, मेयर बालेन र गुरूङले जेनजी समूहलाई अराजक र उत्तेजक बनाएको आरोप लगाउनु भएको हो ।‘राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको युवा जागरण अभियानमा जाँदा जेनजीको नाममा प्लेकार्ड देखाउन युवाहरूप्रति कुनै आपत्ति थिएन। तर कार्यक्रम स्थलतर्फ आउँदा सडक अवरुद्ध गर्न केही व्यक्ति आएपछि युवाहरूले प्रतिरोध गरेर सडक खालि गरेपछि तिनीहरू हटेका छन्। प्रहरी प्रशासनलाई धन्यवाद दिनैपर्छ। उनीहरूले देखाएको उच्च सतर्कता र जिम्मेवार भूमिकाले आजसम्म कुनै पनि अप्रिय घटना हुन दिएको छैन। जेनजी समूहलाई अराजक र उत्तेजक बनाएर र आफूलाई जेन्जी का नेता ठान्ने हाम्रो कार्यक्रममा बाधा पुर्‍याउन षडयन्त्र गने बालेन कुलमान घिसिङ,सुधन गुरुङ हुन्। यिनलाई पक्राउ गरेर छानबिन गर्नैपर्छ,’ महेश बस्नेतको भनाई रहेको छ ।

  • ११ मंसिर २०८२, बुधबार प्रकाशित
  • Nabintech