
४ मंसीर काठमान्डौं । बलिउड अभिनेत्री कटरिना कैफको गर्भावस्थाका तस्बिरहरू सार्वजनिक भएका छन् ।मुम्बईस्थित फ्ल्याटको बार्दलीमा खिचिएका निजी तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विभिन्न खालका टिकाटिप्पणी भएका छन् । कटरिनाका तस्बिरहरू अनुमतिबिना लिइएका थिए ।
कटरिना आफ्नो निजी जीवनलाई लिएर सधैं सतर्क रहने गर्छिन् । कटरिनाको प्राइभेसी खतरामा परेपछि फ्यानका साथै उनका को–स्टारहरूले पनि आक्रोश व्यक्त गरेका छन् ।