२ मंसिर २०८२, सोमबार
२ मंसिर २०८२, सोमबार
हसिनालाई मृत्युदण्डको फैसला
हसिनालाई मृत्युदण्डको फैसला
  • न्युज डेस्क

१ मंसीर काठमान्डौं । बंगलादेशको इन्टरनेशनल क्राइम्स ट्रिब्युनलले पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्वगृहमन्त्री आसदुज्जमान खान कमाललाई मृत्युदण्डको सजाय सुनाएको छ । १५ महिनाअघि बंगलादेशमा भएको विद्यार्थी आन्दोलनमा मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै फासीको सजाय सुनाइएको हो ।ट्रिब्युनलले अगस्ट २०२४ मा भएको विद्यार्थी आन्दोलनमा भएको दमनमा शेख हसिना मास्टरमाइन्ड भएको आरोपमा मृत्युदण्डको फैसला सुनाएको हो ।

बंगलादेशमा सत्तापलटपछि शेख हसिना १५ महिनादेखि भारतमा निर्वासित जीवन बिताइरहेकी छन् ।हसिनामाथि हत्या, अपराध रोक्न असफल भएकोदेखि मानवताविरुद्धको अपराधसहित पाँच आरोपमा दोषी ठहर गरिएको हो । अदालतले हत्याका लागि उक्साएको र हत्याको आदेश दिएकोमा दोषी ठहर गर्दै हसिना र उनका गृहमन्त्री आसदुज्जमान खान कमालको सबै सम्पत्ति जफत गर्न पनि आदेश दिएको छ ।हसिनामाथिको मुद्दाको फैसलालाई लिएर देशभर हिंसात्मक घटना भइरहेका छन् । सम्भावित दुर्घटना रोक्न राजधानी ढाकामा मात्रै १५ हजार प्रहरी परिचालन गरिएको छ । जसलाई हिंसात्मक प्रदर्शनमा संलग्न हुनेमाथि गोली चलाउनेसम्मको आदेश छ ।

  • २ मंसिर २०८२, सोमबार प्रकाशित
  • Nabintech