२ मंसिर २०८२, सोमबार
२ मंसिर २०८२, सोमबार
पहिलो टेस्टमा भारतमाथि दक्षिण अफ्रिकाको सहज जित
पहिलो टेस्टमा भारतमाथि दक्षिण अफ्रिकाको सहज जित
  • न्युज डेस्क

३० कात्तिक काठमाडौं । भारतविरुद्धको पहिलो टेस्टमा दक्षिण अफ्रिकाले सनसनीपूर्ण जित निकालेको छ ।पहिलो इनिङमा ३० रनको अग्रता लिएको भारत दोस्रो इनिङमा ९३ रनमै अलआउट भएपछि दक्षिण अफ्रिकाले ३० रनकै जित निकाल्न सफल भयो । भारतका कप्तान पहिलो इनिङमा ब्याटिङ गर्दा घाइते भएर निस्किएका थिए । उनी दोस्रो इनिङमा मैदान फर्किन सकेनन् । जसले गर्दा भारतले ९ विकेट गुमाएपछि दक्षिण अफ्रिकाको जित निश्चित भयो ।भारतका लागि वासिङटन सुन्दरले तेस्रो नम्बरमा आएर सर्वाधिक ३१ रन जोडे । उनले ९२ बलको सामना गरेका थिए । रविन्द्र जडेजाले २६ बलमा १८ रन बनाए ।

अक्षर पटेलले आक्रमकता देखाउँदै १७ बलमा २६ रन जोडेका थिए । केशव महाराजले उनलाई आउट गरेसँगै भारतको चुनौती अन्त्य भयो । दक्षिण अफ्रिकाका सिमन हार्मरले घातक बलिङ गर्दै १४ ओभरमा २१ रन मात्र खर्चेर चार विकेट लिएका थिए ।दक्षिण अफ्रिका पहिलो इनिङमा १५९ रनमा अलआउट भएको थियो । भारतले पहिलो इनिङमा १८९ रन बनाएर ३० रनको अग्रता लियो । दोस्रो इनिङमा दक्षिण अफ्रिकाले १५३ रन जोड्दै भारतलाई १२४ रनको लक्ष्य दिएको हो ।

  • १ मंसिर २०८२, आईतवार प्रकाशित
  • Nabintech