
२९ कात्तिक काठमाडौं । जम्मू–कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी चौकीमा शुक्रबार राति ११ः२२ बजे भएको विस्फोटमा नौजनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् ।
शवहरूको पहिचान हुन बाँकी छ । घाइते २९ मध्ये धेरैजसो प्रहरी कर्मचारी छन् । उनीहरूको ९२ आर्मी बेस र अन्य अस्पतालमा उपचार भइरहेको छ ।अहिलेसम्म प्रहरीको तर्फबाट कुनै आधिकारिक भनाइ सार्वजनिक भएको छैन ।स्रोतहरूले बीबीसी हिन्दीलाई बताएअनुसार, प्रहरी चौकीभित्र राखिएको केही अमोनियम नाइट्रेट विस्फोट हुँदा उक्त हताहत भएको हो ।