२७ कार्तिक २०८२, बुधबार
२७ कार्तिक २०८२, बुधबार
बाँकेमा चार महिनाको अवधिमा ७० सर्पको उद्धार
बाँकेमा चार महिनाको अवधिमा ७० सर्पको उद्धार
  • न्युज डेस्क

२५ कात्तिक बाँके । बाँकेमा गएको चार महिनाको अवधिमा ७० वटा सर्पको उद्धार गरिएको छ ।आर्थिक वर्ष २०८२-८३ को चार महिनाको अवधिमा ७० सर्पको उद्धार गरिएको हो । उद्धार गरिएका सर्पमध्ये अधिकांश विषालु सर्प भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख शङ्कर गुप्ताले वन क्षेत्र आसपासभन्दा बढी सहर बजारमा सर्प देखिन थालेको जानकारी दिँदै १५ जनाको प्राविधिक टोलीले रातिमा पनि सर्पको उद्धार गरेको बताउनु भयो ।जिल्लाको खासगरी नेपालगञ्ज र कोहलपुरमा सबैभन्दा बढी सर्पको उद्धार भएको उल्लेख गर्दै उनले उद्धारका लागि जनशक्ति व्यवस्थापन र तालिमको अभाव भएको उल्लेख गर्नु भयो । गत साउनदेखि कात्तिकसम्म विभिन्न प्रजातिका सर्पसहित विभिन्न ७६ वन्यजन्तुको उद्धार गरिएको कार्यालयका योजना अधिकृत सुशील सुवेदीले बताउनु भयो ।

उहाका अनुसार कमन कोब्रा, करेत, रसल भाइपर, धामन, अजिङ्गर लगायतका सर्पको उद्धार गरेर शम्शेरगञ्ज माथेबास चक्ला वन पुर्‍याइएको छ । धान काटेपछि जाडो महिनामा बस्तीमा जाने सम्भावना बढी हुने उल्लेख गर्दै सुवेदीले विषालु सर्पको जिल्लामा रहेको प्राविधिक समूहले उद्धार गर्ने बताउनु भयो ।

  • २६ कार्तिक २०८२, मंगलवार प्रकाशित
  • Nabintech