
२५ कात्तिक काठमाडौं । जेनजी’ आन्दोलनको समयमा देशका विभिन्न कारागारबाट भागेका पाँच हजारभन्दा बढी कैदीबन्दी अझै फर्केका छैनन् । पाँच हजार ४१ कैदीबन्दी नफर्केका कारागार व्यवस्थापन विभागले जनाएको छ ।
गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशका २८ कारागारबाट १४ हजार ५५४ कैदीबन्दी भागेका थिए । भागेका मध्ये हालसम्म नौ हजार ५१३ कैदीबन्दी कारागार फर्केका विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए जेनजी आन्दोलनको समयमा देशका विभिन्न कारागारमा ३० हजार ६४१ कैदीबन्दी थिए । उनीहरूमध्ये झन्डै आधा कैदीबन्दी भागेका थिए । भाग्ने क्रममा १५ कैदीबन्दीको मृत्यु भएको थियो ।