२१ कार्तिक २०८२, बिहीबार
२१ कार्तिक २०८२, बिहीबार
यस वर्ष हालसम्मको सफल चलचित्र ‘जेरी अन टप’
यस वर्ष हालसम्मको सफल चलचित्र ‘जेरी अन टप’
  • न्युज डेस्क

२० कात्तिक काठमाडौं । गत असोज ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ वर्ष २०८२ सालको सर्वाधिक कलेक्सन गर्ने फिल्म बन्न सफल भएको छ । घरेलु बक्सअफिसमा बुधबारसम्म फिल्मले ११ करोड ४३ लाख माथिको कलेक्सन गरेको निर्माता सरोज न्यौपानेले बताउनु भएको छ ।

गत बैशाख अन्तिम साता प्रदर्शनमा आएको फिल्म ‘ऊनको स्वीटर’ नेपाली बक्सअफिसमा ११ करोड ३४ लाख कलेक्सन गर्दै पहिलो नम्बरमा थियो । ‘जेरी अन टप’ले प्रदर्शनको २० औं दिनमा त्यो आँकडा पूरा गर्दै यो वर्षकै सर्वाधिक कलेक्सन गर्ने फिल्मको सूचीमा आफूलाई पहिलो नम्बरमा पुर्‍याएको हो । फिल्म अहिले पनि देशभरका सय बढी हलहरूमा प्रदर्शनमा छ ।

  • २१ कार्तिक २०८२, बिहीबार प्रकाशित
  • Nabintech