
१५ कात्तिक दाङ । जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट भागेका १ सय ५५ जना कैदीबन्दी पक्राउ परेका छन् । ती मध्य १ सय ४५ जना कैदी र १० जना थुनुवा हुन् ।दाङ प्रहरीका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार तुलसीपुर कारागारबाट भदौ २४ गते २ सय ३३ जना कैदी र २० जना थुनुवा गरी २ सय ५३ जना कैदीबन्दी भागेका थिए ।
पक्राउ परेका कैदीबन्दीमध्ये १५ कैदी र ७ जना थुनुवालाई जिल्ला बाहिरबाट पक्राउ गरिएको हो । कारागारबाट भागेका १ सय ५५ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको भए पनि अझै ७६ जना कैदीबन्दी फरार रहेका छन् ।फरार रहेका कैदीबन्दीमध्ये ७३ जना कैदी र ३ जना थुनुवा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । फरार हुनेमा कर्तव्यज्यान,लागुऔषध, जबरजस्ती करणी,डाँका चोरी लगायतका अपराधमा संलग्न भएका छन् ।