
 
      १४ कात्तिक काठमाडौं – नायक अनमोल केसी स्टारर प्रदर्शनरत फिल्म ‘जेरी अन टप’ले १० करोड ग्रस कलेक्सन कटाएपछि निर्माण पक्षले खुसी मनाउदै केक काटेको छ ।निर्माण टिमले शुक्रबार बत्तीसपुतलीमा आयोजित कार्यक्रममा केक काटेर खुसी मनाएको हो ।कार्यक्रममा अनमोल, नायिकाहरु जसिता गुरुङ, नायक भुवन केसी, कलाकार केदार घिमिरे उपस्थित थिए ।
शीर्ष तीन कलाकार अनमोल, जसिता, आँचल र निर्देशक सुयोग गुरुङले केक काटेका थिए ।‘जेरी अन टप’ अनमोलको दशक लामो करिअरकै सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने फिल्म हो ।यो फिल्म गत असोज ३१ बाट हलमा लागेको थियो । अहिले पनि उच्च अकुपेन्सी र शोका साथ प्रदर्शनरत छ ।