४ कार्तिक २०८२, सोमबार
४ कार्तिक २०८२, सोमबार
जाजरकोटमा जिल्ला वन सुरक्षा समन्वय समितिको बैठक, वन सुरक्षा योजना पारित
जाजरकोटमा जिल्ला वन सुरक्षा समन्वय समितिको बैठक, वन सुरक्षा योजना पारित
  • न्युज डेस्क

जाजरकोट । डिभिजन वन कार्यालय, जाजरकोटमा बिहीबार जिल्ला वन सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ।

वन नियमावली २०७९ को नियम ११८ को उपनियम (४) अनुसार गठन गरिएको सो समितिको अध्यक्षता प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले गर्नुभएको थियो। बैठकमा सुरक्षासंस्थाका प्रमुख, विभिन्न निकायका प्रतिनिधि र डिभिजनल वन अधिकृत सदस्य सचिवको रुपमा सहभागी रहेका थिए।

बैठकमा डिभिजनल वन अधिकृत दिपेश के.सी.ले आर्थिक वर्ष २०८२/०८३ का लागि तयार पारिएको जिल्ला वन सुरक्षा योजनाबारे विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो। प्रस्तुतीमा जिल्लामा हुन सक्ने वन डढेलो नियन्त्रण, वन अतिक्रमण नियन्त्रण, अवैध चोरी–शिकारी नियन्त्रण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनिकरणका विषयमा छलफल भएको थियो।

१५ जना सहभागी रहेको सो बैठकले प्रस्तुत कार्ययोजना अनुमोदन गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि वन सुरक्षा योजना पारित गरेको छ।

  • १ कार्तिक २०८२, शुक्रबार प्रकाशित
  • Nabintech