२९ असोज काठमान्डौं । जेन जीको नाममा सरकारी कार्यालयमा गएर थर्काउने ठगी धन्दामा संलग्न रहेका आफुलाई जेन जी भन्ने अर्जुनकुमार शाहीलाई प्रहरीले समात्ने तयारी गरेको छ ।केहि दिन अघि सम्म अख्तियार लगायतका कार्यालयमा पुगेर प्रमुखको राजीनामा माग्ने थर्काउने कार्य गरेका शाहि बैकिङ कसूर र ठगिका विभिन्न घटनामा मुछिएका उनलाई पक्राउ गर्न प्रहरीले आन्तरिक सर्कुलर गरेको बुझिएको छ ।
शाहीविरुद्ध गत वैशाखमा पीडितले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएका थिए ।पक्राउ पर्ने चाल पाएसँगै उनी अहिले बेपत्ता रहेको र खोजी भैरहेको प्रहरीले जनाएको छ । अस्तिसम्म सरकारी अड्डामा धम्क्याउँदै हिँडेका शाही आज कतै देखिएका छैनन् ।उनीमाथि युवाहरुलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौ रुपैयाँ ठगेको, बाउन्स चेक भिडाएको आरोप छ । प्रधानमन्त्री सुशीला कार्कीको सपथ ग्रहण समारोहमा शीतल निवास समेत पुगेका शाही ठगीका घटनामा संलग्न रहँदै आएको तथ्य खुलासा भएसँगै प्रहरीले निगरानी बढाएको थियो ।