४ कार्तिक २०८२, सोमबार
४ कार्तिक २०८२, सोमबार
फुलपातिको दिनमा प्रदर्शन भएका तिन चलचित्रले लगानी उठाउन हम्मे हम्मे
फुलपातिको दिनमा प्रदर्शन भएका तिन चलचित्रले लगानी उठाउन हम्मे हम्मे
  • न्युज डेस्क

२७ असोज काठमाडौं । गत फुलपातिमा प्रदर्शनमा आएको तीन चलचित्र ‘माइतीघर’, ‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’ले १२ करोड ५६ लाखको व्यापार गरेको छ । चलचित्र विकास बोर्डको तथ्यांक अनुसार यी ती चलचित्रले १३ दिनमा जम्मा साढे १२ करोडको मात्रै व्यापार गरेका हुन् ।शनिबारसम्मको तथ्यांक अनुसार ‘बलिदान’ले ४ करोड ८० लाख, ‘हरिबहादुरको जुत्ता’ले ४ करोड ३२ लाख र ‘माइतीघर’ले ३ करोड ४४ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

यस वर्षको दशैंमा ठूला बजेटको चलचित्रहरु प्रदर्शन भए पनि अपेक्षाकृत व्यापार गर्न भने सकेनन् । बिहान ५ बजेदेखि मध्यरातिसम्मका शोहरु राखिए पनि चलचित्रहरुले अपेक्षाकृत ओपनिङ गर्न सकेनन् ।चलचित्रको व्यापार सुस्त भएपछि ६ करोडमाथिको लगानीमा निर्मित ‘बलिदान’लाई लगानी उठाउन निकै गाह्रो हुने देखिन्छ ।यो चलचित्रले लगानी उठाउनलाई १४ करोडको व्यापार गर्नुपर्छ । ठूलो बजेटमा निर्मित ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ले हलबाटै लगानी उठाउन निकै नै गाह्रो हुने देखिन्छ ।

  • २७ आश्विन २०८२, सोमबार प्रकाशित
  • Nabintech