५ कार्तिक २०८२, मंगलवार
५ कार्तिक २०८२, मंगलवार
आन्दोलनको बेला प्रहरीको बन्दुक खोस्ने जेन जी ब्राउन सुगर सहित पक्राउ
आन्दोलनको बेला प्रहरीको बन्दुक खोस्ने जेन जी ब्राउन सुगर सहित पक्राउ
  • न्युज डेस्क

२६ असोज काठमान्डौं । जेन जी आन्दोलनका क्रममा प्रहरीको हतियार लुटेर भाइरल भएका एक युवा लागु पदार्थ सहित पक्राउ परेका छन ।पक्राउ पर्ने युवक झापा दमक वडा नम्बर ३ का १८ वर्षीया आदित्य लिम्बु रहेका छन् ।लिम्बुले भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार खोसी भिडियो बनाएका थिए ।

उनले प्रहरीको हतियार बोकेर फोटो खिचेको फोटो भाइरल बनेको थियो ।जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुले आदित्यलाई खैरो हिरोइन सहित पक्राउ गरेको बताए । उनले आदित्य सहित आठ जनाको गिरोह लागुऔषध खैरो हिरोइन ब्राउन सुगर सहित झापाबाट पक्राउ परेको जानकारी दिनु भयो ।शनिवार साँझ ५ बजे दमक नगरपालिका–३ वेलडाँगीस्थित भुटानी शरणार्थी शिविर सेक्टर ए ३ हट नम्बर ३५३ मा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले छापा हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।घरको कोठा तलासी गर्दा चस्माको खोलभित्र लुकाई छिपाइ राखिएको अवस्थामा लागुऔषध खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ ।

  • २६ आश्विन २०८२, आईतवार प्रकाशित
  • Nabintech