४ कार्तिक २०८२, सोमबार
४ कार्तिक २०८२, सोमबार
राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक
राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक
  • न्युज डेस्क

२५ असोज काठमान्डौं । नायक राजेश हमालले आफ्नो आत्मकथात्मक पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक गरेका छन्। शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा हमाल स्वयंले पुस्तक विमोचन गरेका हुन्।कार्यक्रममा बोल्दै हमालले करिब तीन वर्षको तयारीपछि पुस्तक प्रकाशनमा आएको जानकारी दिए। उनले भने, ‘करिब करिब हामीलाई यो पुस्तक लेख्न तीन वर्ष लाग्यो। रोचक ढंगले यो पुस्तक सबैको सामु आएको छ।’उनका अनुसार पुस्तकमा चलचित्र क्षेत्रका अनुभव मात्र नभई समाज, राजनीति, धर्म, मनोविज्ञान, मानवीय जीवन, बाल्यकाल, पारिवारिक पृष्ठभूमि लगायत विविध विषयवस्तु समेटिएका छन्।‘प्रश्नकर्ता र म मिलेर सबै कुरा यो पुस्तकमा समेटेका छौं। यो पुस्तकमा सिनेमाका मात्रै कुराहरु नभएर सिनेमा र समाजसँग सम्बन्धित धेरै पाटाका कुराहरु छन्।

राजनीति, धर्म, केही मनोविज्ञानका कुरा छन्, मानवीय जिवनका कुराहरु छन्, आफ्नो बाल्यकालको परिवारको कुरा छ। सम्बन्ध पारिवारिक माहोलका कुराहरु पनि पुस्तकमा छन्।’साथै उनले पुस्तक तयार भएर पढ्दा आफ्नो सम्पूर्ण जीवनलाई एकचोटि पछाडि फर्केर हेरेजस्तो लागेको बताए।

  • २५ आश्विन २०८२, शनिबार प्रकाशित
  • Nabintech