
 
      दीपककुमार शर्मा 
२५ असोज बाँके । बाँकेको नेपालगञ्जमा अनैतिक गतिविधि तथा कार्य गरेको आरोपमा प्रहरीले होटल तथा रेष्टुरेन्टमा छापा मारेर ४५ जनालाई नियन्त्रणमा लिएको छ ।
स्थानिय वासीले ति होटल तथा रेष्टुरेन्टमा अनैतिक गतिविधि भैरहेको भन्ने सुचना पाएको प्रहरीले नेपालगञ्जको मिलन कटेज, भेरी कर्णाली होटल, रिभरसाइड र दङ्गाली होटलमा छापा मार्दा ३१ महिला र १४ पुरुष गरी ४५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक एंव सूचना अधिकारी दीपक पातलीले जानकारी दिनु भयो । पक्राउ पर्नेमा ८ जना भारतिय युवाहरु समेत रहेका छन । उहाका अनुसार होटेल तथा रेष्टुरेन्ट सञ्चालकलाई नियन्त्रणमा लिइएको बताउनु भयो । नियन्त्रणमा लिइएका मध्ये कोहि अर्धनग्न अवस्थामा समेत रहेका थिए ।