७ कार्तिक २०८२, बिहीबार
७ कार्तिक २०८२, बिहीबार
४२ जिल्लामा फैलियो जापानिज इन्सेफलाइटिस ३१ जनाको मृत्यु
४२ जिल्लामा फैलियो जापानिज इन्सेफलाइटिस ३१ जनाको मृत्यु
  • न्युज डेस्क

२४ असोज काठमान्डौं । जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ । नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए ।जापानिज इन्सेफ्लाइटिसबाट सन् २०२४ मा २५, सन् २०२३ मा सात र सन् २०१७ मा एक जनाको मात्र मृत्यु भएको थियो ।

सन् २०१८ देखि २०२२ सम्म जापानिज इन्सेफ्लाइटिसबाट कसैको पनि मृत्यु भएको थिएन ।यस वर्ष जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण १६४ र गत वर्ष ८६ जनामा देखिएको थियो । खोप शाखा प्रमुख डा गौतमले खोप लगाएकामा विस्तारै खोपले काम गर्न छाडेपछि पनि सङ्क्रमणले गर्दा मृत्यु भइरहेको बताए । जापनिज इन्सेफ्लाइटिस अहिले ४२ जिल्लाका ११० पालिकामा फैलिएको छ ।इन्सेफ्लाइटिसबाट २८ जिल्ला उच्च जोखिमका रहेका छन् । यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ । नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाइएको छ ।

  • २४ आश्विन २०८२, शुक्रबार प्रकाशित
  • Nabintech