१५ कार्तिक २०८२, शुक्रबार
१५ कार्तिक २०८२, शुक्रबार
हुम्लामा जीप दुर्घटना, बाबुछोरीसहित ३ जनाको मृत्यु
हुम्लामा जीप दुर्घटना, बाबुछोरीसहित ३ जनाको मृत्यु
  • न्युज डेस्क

२४ असोज हुम्ला । हुम्लाको चंखेलीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ६ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।चंखेली गाउँपालिका ४ स्थित देशीखोलामा भएको उक्त दुर्घटनामा चंखेली गाउँपालिका ६ की वसन्ती बुढा, उनकी छोरी र अर्का यात्रु मानवीर बुढा छन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख शंकर पोखरेलका अनुसार बिहान ११ बजे पिप्लाङ जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ च १०९१ नम्बरको डबल क्याप जीप सडकबाट ३ सय मिटर तल खसेको थियो ।नजिकैको स्वास्थ्य चौकीमा उपचार गराइरहेकामध्ये गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।दुर्घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

  • २४ आश्विन २०८२, शुक्रबार प्रकाशित
  • Nabintech